चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

‘आयोजनाको विद्युतले वार्षिक दुई करोड टन कोइलाको खपत घटाउँछ’

 असार १४, २०७८ सोमबार १८:८:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/सिन्ह्वा न्युज

काठमाण्डाै – चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।

आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।

चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्सव मनाउन लाग्दा आयोजनाको परीक्षण उत्पादन सुरु गरेको हो । बाइहेटान बाँधको उचाइ दुई सय ८९ मिटर अग्लो छ र एक हजार मेगावाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान गरिएका छन् ।

विश्वकै ठूलो जलविद्युत् आयोजना थ्री गर्जेज पनि चीनमै छ । जसको उत्पादन क्षमता २२ हजार पाँच सय मेगावाट रहेको छ । यी दुवै विद्युत् आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेशनले निर्माण गरेको हो ।

जलविद्युत् आयोजनाबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृङ्खलित बनाउने, माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने भन्दै विश्वका अन्य कतिपय देशले जलविद्युत् उत्पादनलाई त्याग्न थालेका बेला चीनले भने ठूला आयोजना निर्माणलाई जोड दिएको छ । 

बाइहेटान विद्युत् गृहबाट उत्पादित विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया