एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै - आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ । यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ । सात वटै प्रदेशमध्ये प्रदेश-१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अरु सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । धान उत्पादन बढाएर आत्मनिर्भर हुन सबै प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आयात घटाउने हो भने मसिनो र बास्नादार धानलाई प्राथमिकता दिनुपर्ने विज्ञको सुझाव छ ।
यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी र पश्चिम तराईका धेरै ठाउँमा रोपाइँ लगभग सकिएको कृषि मन्त्रालयले जनाएको छ । धान खेतीका लागि यो वर्ष रासायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ ।
यसैबीच असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।