सलमानको डरले टाढा भएका अर्जुन मलाइकासँग फेरि नजिकिए

 भदौ ११, २०७५ सोमबार १६:२९:१४ | एजेन्सी
unn.prixa.net

अभिनेता अर्जुन कपूर र मलाई अरोरा यति बेला फेरि चर्चामा आएका छन । हालै अर्जुन कपूर उनकी बहिनी जान्हवी कपूरका साथ लेक्मे फेशन वीक २०१८ को कार्यक्रममा सहभागी भएका थिए । जान्हवीले पहिलो पटक लेक्मे फेशन वीकमा र्‍याम्प वाक गरेकी थिइन् । 

यही कार्यक्रममा सहभागी सबैको नजर भने जान्हवीका दाइ अर्जुन कपूर र मलाइका अरोरामाथि रोकिए । किनकी अभिनेता अर्जुन कपूर त्यहाँ उपस्थित व्यक्तिहरु र मिडियाको कुनै पर्वाह नगरी मलाइका अरोरा बसेको सिट नजिकै गएर बसे ।  अर्जुन र मलाइकाले एक अर्कालाई डेट गरिरहेका खबरहरु लामो समयदेखि मिडियाहरुमा आइरहेका थिए । 

तर यी दुवैले सार्वजनिक रुपमा आफूहरुबीचको सम्बन्धबारे कुनै पनि खुलासा गरेका छैनन् । मलाइका र अर्जुनबीचको सम्बन्ध त्यति बेला चर्चामा आएको थियो जब मलाइकाले २ वर्ष अगाडि सलमान खानका भाइ अरबाज खानसँगको विवाह तोड्दै सम्बन्ध विच्छेद गरेकी थिइन् । मलाईका अर्जुन कपूर भन्दा १२ वर्ष जेठी छिन् । 

अर्जुन र मलाइकाबीचको सम्बन्धको चर्चा चलेसँगै अभिनेता सलमान खान अजुर्नसँग निकै रिसाएका छन् । अहिले सलमान र अर्जुनबीच बोलचाल बन्द छ । तर अर्जुन कपूरका बुवा बोनी कपूर र सलमानबीच भने निकै घनिष्ठता रहेको छ । सलमान खानको रिस र बुवा बोनी कपूरको सल्लाहपछि अर्जुन मलाइकासँग केही समयसम्म टाढा भएका थिए । 

तर अहिले लामो समयपछि यी दुवै फेरि एकसाथ देखिएका छन् । सार्वजनिक भिडियोमा अर्जुन कपूर मलाइकाका साथमा बसे पनि  उनी सँगै बसेकी बहिनी जान्हवी कपूरका साथ कुराकानी गरिरहेका छन् । अहिले अर्जुन र मलाइकाको यो भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।  

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया