यो वर्ष झण्डै २१ अर्ब रुपैयाँको सुन आयात

 असार १५, २०७८ मंगलबार १२:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्ष झण्डै २१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ को अहिलेसम्म झण्डै २१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तेलनामा झण्डै दोब्बरले बढी हो । 

गएको आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएर कारोबार भएको थियो । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण सुनचाँदीको कारोबारमा उल्लेख्य गिरावट आएको महासङ्घका सल्लाहकार तेजरत्न शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । 

सामान्य अवस्थामा नेपालमा हरेक वर्ष ४० अर्ब रुपैयाँ बराबरको सुन आयात भएर कारोबार हुने गरेको थियो । पछिल्लो पटकको निषेधाज्ञाको समयमा सुनको कारोबार नभए पनि सुनचाँदी व्यवसायी महासङ्घले सुनको भाउ भने तोक्दै आएको थियो । 

यसैबीच, आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार ६ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ५ रुपैयाँ तोकिएको चाँदीको भाउ आज १३ सय रुपैयाँ कायम भएको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया