बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल : न्युरोड टिम (एनआरटी) ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभएको छ । मङ्गलवार अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताउनुभएको हो ।
कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उहाँले बताउनुभयो । देशको समृद्धिको मूल आधार कृषि क्षेत्र भएको मन्त्री नेम्वाङकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टीकरण ढङ्गले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिँदैन । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो ।’
मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको महत्त्व, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ । परम्परा र सांस्कृतिक रूपमा, महोत्सवको रूपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरू बन्दैछ ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उहाँले आउँदाे वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताउनुभयो । उहाँले कृषकको खेतबारीमै पुगेर धानसम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषिसम्बन्धी शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडि बढाएको मन्त्रालयका सचिव डा. कार्कीले बताउनुभयो । कृषिको विकास तथा विस्तारका लागि पालिकाले कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।