चिठी–पत्र ओसारपसार नेपाल एअरलाइन्सले गर्ने, विदेशीलाई दिने पैसा जोगिने दाबी

 असार १५, २०७८ मंगलबार १५:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम नेपाल (एअरलाइन्स) र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठी–पत्रहरू ओसार प्रसार गर्ने सम्बन्धी सम्झौतामा मङ्गलवार (आज) हस्ताक्षर भएको छ ।

सन् २०२१ जुलाई १ देखि लागू हुने सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायु सेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगममार्फत मात्र सामान तथा चिठी–पत्रहरू ढुवानी हुनेछन् ।यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत ओसारपसार गराइरहेको थियो ।

यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौँ रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायु सेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गर्नुभएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hyari Bro

    June 29, 2021, 3:57 p.m.

    अब हुलाकलाइ कार्गो र कुरियर मा प्रयोग गर्नु पर्छ| अहिले हुलाक मार्फत हुदै आएको ems सेवा अत्यन्त प्रभावकारी छ तर त्यसको लागि काठमाडौँ नै जानुपर्ने अवस्था छ अब हरेक हुलाक कार्यालयबाट अन्तरिक तथा बाह्य ems सेवा सुचारु गर्न हार्दिक अनुरोध छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया