माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली २१ गतेदेखि उत्पादन हुने

 असार १५, २०७८ मंगलबार १६:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट यही असार २१ गते सोमवारदेखि विद्युत् उत्पादन हुने भएको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको आयोजनाबाट आउँदो सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय भएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन पनि गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि ७६ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ ।

१० वर्षअघि सुरु भएको आयोजना पटक–पटक सम्पन्न हुने मिति तोकिए पनि सम्पन्न भएको थिएन । झन्डै ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो तामाकोशीको लागत बढेर ८० अर्बभन्दा धेरै पुगेको छ । 

भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङ मार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमण लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।  

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा झन्डै एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङ मार्गसहित २९ किलोमिटर सडक र सत वटा पक्की पुल बनाएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया