२४ घण्टामा २ हजार ६ सय ३६ जनामा काेराेना सङ्क्रमण, ४ हजार ३ सय ४८ जना निकाे

 असार १५, २०७८ मंगलबार १७:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय २८ जना र चार हजार चार सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा नाै सय आठ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

याेसँगै नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत गरिएकाे परीक्षणमा ६ लाख ३६ हजार नाै सय १६ जना र एन्टिजेन विधिमार्फत गरिएकाे परीक्षणमा ३३ हजार नाै सय ४१ जनामा काेराेना पुष्टि भएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । याेसँगै अहिलेसम्म नेपालमा पाँच लाख ९२ हजार ५ सय ३५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर ९३ प्रतिशत पुगेको छ ।

गएकाे २४ घण्टामा र प्राप्त विवरणसहित काेराेनाबाट थप २० जनाकाे ज्यान गएकाे छ । योसँगै अहिलेसम्म काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या नाै हजार ७१ पुगेको छ ।

अहिले नेपालमा ३५ हजार तीन सय १० जना सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया