देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा : जोखिम कायमै रहँदा केही जिल्लामा लम्बियो

 असार १६, २०७८ बुधबार ८:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना सङ्क्रमण जोखिमका कारण देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा कायमै छ । पछिल्लो पटक काठमाण्डौ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप भएको छ ।

काठमाण्डौ उपत्यकामा जोर बिजोर आधारमा २५ सिट माथिका ठूला गाडी चल्न थालेका छन् । गएको बैशाख ७ गतेदेखि निषेधाज्ञा लागू हुन थालेको हो । काठमाण्डौ उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ । यस्तै रामेछाप र स्याङजामा निषेधाज्ञा थप भएको छ । निजी तथा सार्वजनिक गाडी जोर बिजोर चल्ने गरी असार २२ गतेसम्म निषेधाज्ञा थप भएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले बताउनुभयो । त्यस्तै स्याङ्जामा असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना निकालेर निषेधाज्ञा आउँदो असार २५ गतेसम्म कायम रहेको जानकारी गराएको छ ।

गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार संखुवासभामा आज राति निषेधाज्ञा सकिँदैछ भने सुर्खेत, चितवन, रुकुम पूर्व र पश्चिम, दैलेख, मुगु, हुम्ला, लमजुङ र भोजपुरमा भोलि सकिँदैछ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया