हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै – लगातार परेको पानीका कारण पहिरो जाँदा मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द भएको छ । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा झरेको पहिरोले आज बिहानैदेखि सडकखण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निरन्तर पहिरो खसिरहेकाले तत्कालै पहिरो हटाएर बाटो सञ्चालन गर्न समस्या भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । अहिले सडक खुलाउन स्काभेटर र प्राविधिकलाई खटाइएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै, पहिरोले बन्द लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अझै पूर्ण रुपमा खुल्न सकेको छैन । मनाङ जिल्लाको सीमानासम्म पुग्न अझै झण्डै १३ किलोमिटर सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । अबको एक हप्तामा सडक खुलाइसक्ने गरी काम भइरहको योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो ।
मनसुन सुरु भएलगत्तै असार पहिलो हप्तादेखि बन्द भएका देशभरका १२ वटा सडक खुल्न सकेका छैनन् । ३० वटा सडक एकतर्फी र १९ वटा दुवैतर्फ खुलाइएको सडक विभागले जनाएको छ ।