नेप्से सामान्य घट्यो, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

 असार १६, २०७८ बुधबार १५:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर भने बढेको छ ।

दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको  छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया