पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ९७ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निकाे हुनेको सङ्ख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ ।
याेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९३ दशमलव ३ प्रतिशत रहेकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ ।
यस्तै काेराेना सङ्क्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय १२ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।