हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – जननायक वीपी कोइराला मेमोरियल ट्रस्टले ‘वीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, विपी पुत्र डाक्टर सशाङ्क कोइराला र काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकाले मात्रै दुई करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वाग्मती प्रदेश सरकारले ५० लाख र ट्रस्ट आफैँको एक करोड रुपैयाँ लगानी रहने छ । थप रकम दाताबाट जुटाउने ट्रस्टले जानकारी दिएको छ । भवन निर्माणको लागत चार करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
काठमाण्डाै महानगरपालिका वडा नम्बर ५ को हाँडीगाउँमा निर्माण हुने भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकासँगै प्रदेश सरकार लगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै कांग्रेस सभापति देउवाले वीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीकाे तर्फबाट धन्यवाद दिनुभयो । यस्तै कांग्रेस महामन्त्रीसमेत रहनुभएका वीपी पुत्र सशाङ्कले वीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्त्वपूर्ण दिनका रूपमा लिएको बताउनुभयो ।
कार्यक्रममा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू कुनै समय वीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको वीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा महानगर सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।