सिप्रदी र शाङ्ग्रिला डेभलेपमेन्ट बैंकबीच गाडी खरिदका लागि सहुलियत कर्जासम्बन्धी सम्झाैता

 असार १६, २०७८ बुधबार २०:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राली र शाङ्ग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदका लागि विना कुनै धितोको सहुलियत कर्जा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त एक हजार पाँच सय जना ग्राहकले टाटा मोटर्स ब्रान्डका पिकअप र कार्गो गाडी खरिदका लागि शाङ्ग्रिला डेभलपमेन्ट बैंकबाट विना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा एक प्रतिशतभन्दा कम शुल्कमा प्राप्त गर्न सक्नेछन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थालाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । इच्छुक ग्राहकले पिकअपका लागि ९८०१९०९८९१ र कार्गोका लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस सम्झौता पत्रमा शाङ्ग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के र सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।  

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ प्रालीका देशभरि रहेका सबै डिलर र शाङ्ग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया