एसियाली खेलकुद : सोमबार पनि नेपालको प्रदर्शन निराशाजनक, पदकको झिनो आशा मात्रै बाँकी

 भदौ ११, २०७५ सोमबार १८:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली खेलकुद अन्तर्गत सोमबारका खेलमा पनि नेपालको प्रदर्शन उत्कृष्ट हुन सकेन । नेपाली खेलाडीहरु एकपछि अर्को खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

टेबल टेनिस

टेबल टेनिसको टिम इभेन्टमा नेपाल पराजित भएको छ ।

महिला टिम इभेन्टको पुल डीमा रहेको नेपाल यस समूहका सबै टिमसँग पराजित भयो । यसअघि सिंगापुर र मलेसियासँग हारेको नेपाली महिला टोली आज हङकङ र भियतनामसँग पनि पराजित भएको हो । नेपाल सबै खेलमा समान ३–० कै सेटमा हार्न पुग्यो । नेपाली टिममा नविता श्रेष्ठ, स्वेच्छा नेम्बाङ र रविना महर्जन सहभागी थिए ।

पुरुषको टिम इभेन्टमा पनि नेपालको प्रदर्शन खराब रह्यो । पुल एमा रहेको नेपालले आज उत्तरी कोरियासँग ३–० कै सेटमा हार ब्यहोर्‍यो । लाओसलाई भने३–१ ले हराएको थियो ।

यसअघि नेपाली टिम चीन र मलेसियासँग समान ३–० कै सेटमा पराजित भएको थियो । पुरुष तर्फ नेपाली टिममा स्यान्टू श्रेष्ठ, दिप साउन र अमरलाल मल्ल थिए ।

कराते

पुरुषको ८४ केजी मुनिमा नेपालका दिवस श्रेष्ठ क्वार्टर फाइनलमा इरानका पुरशाव जविओल्लाहसँग ८–० को अन्तरले पराजित हुँदै बाहिरिए ।

महिलाको ५० केजी मुनिमा अनु अधिकारी क्वार्टरफाइनलमा पराजित भइन् । प्रिक्वार्टर फाइनलमा मकाउकी खेलाडीलाई ५–१ ले हराएकी अनु क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी खेलाडीसँग ७–२ ले पराजित भइन् ।

यससँगै नेपालको करातेको स्पर्धा पनि सकिएको छ ।

प्याराग्लाइडिङ

पदकको आशा गरिएको प्याराग्लाइडिङमा आजको प्रदर्शन त्यति राम्रो रहेन । क्रश कन्ट्री विधा अन्तर्गत अघिल्लो चरणसम्ममा तेस्रो स्थानमा रहेको नेपाली टिम तेस्रो चरणको समाप्तिसम्ममा चौथो स्थानमा झरेको छ ।

महिला क्रश कन्ट्री टिम इभेन्ट अन्तर्गत तेस्रो चरणको समाप्तिसम्ममा नेपाल छैटौं स्थानमा छ ।

बक्सिङ

बक्सिङमा आज प्रतिस्पर्धा गरेका नेपाली खेलाडी दिपक श्रेष्ठ चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका छन् । उनी चेयावे कानसँग ५–० अंकमा पराजित भए ।  
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया