त्रिशूली नदीमा माछा मार्न गएका एक जना बेपत्ता

 असार १७, २०७८ बिहिबार १०:४९:७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - त्रिशूली नदीमा माछा मार्न गएका एक जना बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुई दिनदेखिको वर्षाका कारण नदीमा बाढी आएको छ । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनामा त्रिशूली नदीमा तीन जना बेपत्ता भइसकेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया