राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी

 असार १७, २०७८ बिहिबार १५:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ ।

अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकाेमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न बैंकले सर्वसाधारणलाई अपिल गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया