चीन कसैकाे धम्कीले डराउँदैन : सी जिनपिङ

 असार १७, २०७८ बिहिबार १४:४०:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/सिन्ह्वा

काठमाण्डाै – चीनका राष्ट्रपति सी जिनपिङले कसैको धम्कीले नडराउने चेतावनी दिनुभएको छ । राष्ट्रपति सीले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजे उल्टै प्रहार हुने चेतावनी दिनुभएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा बेइजिङमा भएको समारोहलाई सम्बोधन गर्दै उहाँले आफूमात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने बताउनुभएको बीबीसीले जनाएको छ ।

व्यापार, गुप्तचर क्रियाकलाप, हङकङमा भइरहेको भनिएका मानव अधिकार उलङ्घन र दमनका घटना तथा कोरोना भाइरस महामारीका विषयमा पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध खराब हुँदै गएको छ ।

ताइवानको मुद्दा पनि दुई देशबीच तनावको प्रमुख कारण बनेको छ । राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको अविचलित प्रतिबद्धता रहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रूपमा देखा परेको हो । वार्षिकोत्सवका अवसरमा राजधानी बेइजिङलगायतका मुख्य सहरमा विशेष सजावट गरिएको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया