बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल : न्युरोड टिम (एनआरटी) ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसले काेराेना महामारीमा अग्रपङ्क्ति (फ्रान्टलाइन) मा खटिएकाकाे सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरू नष्ट गर्नु कला र कलाकारकाे अपमान भएकाे बताएकाे छ । काेभिड फ्रन्टलाइनरकाे सम्मानमा रत्नपार्ककाे आकाशे पुलमुनि बनाइएकाे चित्र बुधवार काठमाण्डाै महानगरपालिकाले मेटाएपछि कांग्रेसले आपत्ति जनाएकाे हाे ।
‘महामारीमा अग्रपङ्क्ति (फ्रन्टलाइन) मा सङ्घर्षरत योद्धाहरूको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सराहना गरिनुपर्दछ । त्यस विपरीतको व्यवहार निन्दनीय हुन्छ’, कांग्रेसले विज्ञप्तिमार्फत भनेकाे छ ।
कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरूको सामूहिक चित्र दुई हप्ताअघि निर्माण गरेका थिए ।
युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक हप्ता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको कांग्रेसले बताएकाे छ ।
लिखित अनुमति लिएर, फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरूपको व्यवहार किमार्थ हुन नसक्ने कांग्रेसकाे भनाइ छ । ‘काठमाण्डाैकाे अनेक ठाउँमा थुप्रिएका फोहरले होइन त्यो चित्रले सहरको सौन्दर्यमा असर गरेको थियो ? के त्यो एउटा चित्रले सहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक व्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’, कांग्रेसले प्रश्न गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।