चीनलाई दबाउन खोज्नेले ठूलो नोक्सानी सहनु पर्ने राष्ट्रपति सीको चेतावनी

 असार १८, २०७८ शुक्रबार ७:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी जिनपिङले चीन कसैसँग नझुक्ने र कसैको दबाबमा नपर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को एक सयौँ वर्ष पूरा भएको अवसरमा बेइजिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिनियाँ नागरिकलाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले चीनलाई दबाउने दृष्टि राख्नेलाई ठूलो नोक्सानी हुने चेतावनी पनि दिनु भएको छ । राष्ट्रपति सीले चीनलाई दबाउने कोशिस गर्नेले एक अर्ब ४० करोडभन्दा धेरै चिनियाँ नागरिकले तयार पार्ने विशाल फलामे पर्खालसँग टकराउनु पर्ने चेतावनी दिनुभयो ।  यस्तै, उहाँहरुले आफूहरु शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने भन्दै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग नतर्सिने बताउनु भएका बीबीसीले जनाएको छ ।

यस्तै, सीले आफूहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधीनमा पार्ने काम कहिल्यै नगरेको भन्दै चीन सधै  विश्वमा शान्ति कायम राख्ने पक्षमा रहेको बताउनु भएको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया