मेस्सीले बार्सिलोना नछोडेझैँ रोनाल्डोले पनि रियल छाड्नु हुन्थेन : राफायल

 भदौ ११, २०७५ सोमबार २०:३१:४८ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडका पूर्व खेलाडी राफायल भान डेरभार्तले क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्नु उपयुक्त निर्णय नभएको बताएका छन् । 

लियोनल मेस्सी बार्सिलोनामै बसेजस्तै रोनाल्डो पनि रियलमै बसेको भए राम्रो हुने राफायलको भनाई छ । रोनाल्डो गएको जुलाई महिनामा मात्रै रियलबाट इटालियन क्लब युभेन्टसमा गएका थिए । ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् । 

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चौथो पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए ।

राफायलले रोनाल्डोको रियल छाड्ने निर्णयले सबैलाई आश्चर्यचकित बनाएको बताए । युक्रेनी अनलाई फुटबल डट यु ए सँग कुरा गर्दै राफायलले भने, ‘तपाईँहरुलाई थाहा छ मेस्सीले कहिल्यै बार्सिलोना छोड्ने छैनन् ।’ उनले रोनाल्डोले रियल छाड्ने निर्णय गरेपछि आफू दुखी भएको पनि बताए ।

राफायल सन् २००८ देखि २०१० सम्म रियल मड्रिडबाट खेलेका थिए । उनले ५८ खेलमा रियलका लागि ११ गोल गरेका थिए । अहिले उनी डेनिश क्लब एसबर्गमा आवद्ध छन् । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया