काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी

 असार २०, २०७८ आइतबार १०:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । कोरोना भाइरसको सङ्क्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ । यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक गाडीलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो ।

त्यही अनुसार अहिले २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडी चलिरहेका छन् ।  यस्तै, अहिले सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया