अमेरिकाले उइगुर समुदायको बाध्य श्रमबाट उत्पादित चिनियाँ सामग्रीमा प्रतिबन्ध लगायाे

 असार २०, २०७८ आइतबार १६:१७:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले चीनमा अल्पसङ्ख्यक उइगुर समुदायको बाध्य श्रमबाट उत्पादित सामग्री आयातमा रोक लगाएको छ । चीनको सिन्जियाङ क्षेत्रमा रहेका अल्पसङ्ख्यक उइगुर समुदायलाई बाध्य बनाइ श्रममा लगाएर उत्पादन गरिएका सामग्रीमा अमेरिकाले प्रतिबन्ध लगाएको हङकङ पाेस्टले जनाएको छ ।

अमेरिकाको यही कदम स्वरूप सोलार प्यानल उत्पादन गर्ने चिनियाँ कम्पनी होसिन सिलिकन इन्डस्ट्रीकाे सामग्रीहरूमा प्रतिबन्ध लागेको छ । यस कम्पनीले सिन्जियाङमा उइगुर समुदायकाे बाध्य श्रम प्रयोग गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले बताएको छ । 

सोलर प्यानलका लागि  प्रयोग हुने सिलिका कच्चा पदार्थ उत्पादन गर्न उइगुर समुदायका मानिसलाई बाध्य श्रममा लगाइएको पाइएकाले आयातमा प्रतिबन्ध लगाइएको अमेरिकी होमल्यान्ड सेक्युरिटीका सचिव अलेहान्द्रो मलेर्कासले बताउनुभएको छ ।

चीन सरकारले सिन्जियाङमा अल्पसङ्ख्यक उइगुरहरूलाई बाध्य श्रममा लगाउने जस्ता मानवीय अपराध गरेको भन्दै आलोचना हुने गरेको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया