काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलाे, सबै गाडी चल्ने

 असार २०, २०७८ आइतबार १७:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।

सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले काठमाण्डौ उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्थालाई यथावत् राखेको छ ।

स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने सर्तसहित सवारी साधनको जोर–बिजाेर प्रणाली हटाइएको काठमाण्डाैका प्रजिअ कालीप्रसाद पराजुलीले बताउनुभयो । 

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना लगायत भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाइएको छ । यस्तै खुला ठाउँमा भोजभतेर वा सभा, समारोह गर्न, मन्दिरमा नित्य पूजाबाहेक सांस्कृतिक गतिविधि गर्न, भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न भने दिइने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले निकालेकाे विज्ञप्तिमा छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने भएको छ । 

पछिल्लो पटक थपिएको निषेधाज्ञा भाेलि राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । 

यस्ताे छ आदेश–

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मिकमा लामा

    July 5, 2021, 7:47 a.m.

    सबै ठाउँमा प्रोटोकल पूरा गर्नु पर्ने, तर भाटभटेनी सुपर मार्केटको भीडलाई पनि मध्यनजर दिनु पर्ने भो।

  •  0 Reply

तपाईको प्रतिक्रिया