आयरल्याण्ड विरुद्धको एकदिवसीय खेलमा अफगानिस्तान विजयी

 भदौ १२, २०७५ मंगलबार ८:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

आयरल्याण्ड विरुद्धको एकदिवसीय खेलको श्रृखंलाकाे पहिलाे खेल अफगानिस्तानले जितेकाे छ । सोमबार राति भएको खेलमा अफगानिस्तान २९ रनले विजयी भएकाे हाे ।

आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो । उसका लागि गुल्बादीन नाइबले ६४ रन बनाउदा हस्मतुल्लाह साहिदीले ५४ तथा राहमत शाहले २९ रनको योगदान गरे । यस्तै कप्तान अस्घर अफघानले २५ रन थपे ।

जवाफमा आयरल्याण्ड ४८ ओभर ३ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसकालागि एन्डी बाल्बरीनले ५५, विल्सनले ३८ र केभिन ओब्राइनले २२ रन बनाउदा बाँकी खेलाडी सस्तैमा आउट भएका थिए ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया