पाटेबाघकाे आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयाे

 असार २१, २०७८ सोमबार १४:५८:५६ | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – पाटेबाघकाे आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गएकाे छ । पाटेबाघकाे आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएकाे डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

घरबाट दाउरा खाेज्न गएपछि (हिजो) आइतवारदेखि हराइरहेका खत्रीकाे खाेजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ काे बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको बीओपी भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघकाे आक्रमणबाट एक वर्षभित्र १२ जनाकाे ज्यान गएकाे छ भने दुई वर्षयता पाटेबाघबाट २१ र जङ्गली हात्तीबाट दुई गरी २३ जनाले ज्यान गुमाइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया