चीन अरूकाे स्थान नलिइ आफ्नाे विकास चाहन्छ : सी जिनपिङ

 असार २२, २०७८ मंगलबार १४:५१:४४ | रासस
unn.prixa.net

तस्बिर : ट्विटर/सिन्ह्वा न्युज

काठमाण्डाै – चीनका राष्ट्रपति सी जिनपिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान लिन तर आफ्नो विकासमा दृढ रहेको बताउनुभएको छ । 

सम्मेलनमा उहाँले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताउनुभएको छ । विश्वले पारस्परिक रूपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भन्नुभयो, ‘चीन आफ्नो सर्वाङ्गीण विकास गर्न अग्रसर रहेको छ तर अरूलाई प्रतिस्थापन गर्न चाहँदैन ।’

सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशका नेतासँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताउनुभयो । 
युरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रूपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गर्नुभयो ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार सङ्गठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताउनुभएको छ । 
जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनः आवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया