काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौंले टिममा भित्र्याएको छ ।
ईपीएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौंले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसीय १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन् । यो वर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३ सय १९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए ।
यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको काठमाडौं किङ्सले सिकन्दरलाई पनि टिममा समावेश गरेको छ ।
३२ वर्षीय सिकन्दरले टेष्टमा ७६२ र एकदिवसीयमा दुई हजार ३८१ रन बनाएका छन् । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक हिर्काएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।