वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षा

 असार २४, २०७८ बिहीबार ८:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको छ । यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् । 

लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेकोशी, दूधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमला लगायतका नदी खोलाहरुमा पनि पानीको बहाव बढेको छ । 

नदी, खोला आसपासमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तै आज कर्णाली प्रदेशमा पनि हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।

लगातारको झरीसँगै देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । यस्तै आज राति वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ सँगै प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । हिजो र आज लगातार झरी परे पनि भोलि केही मौसम खुल्ने मौसमविद् अर्यालले बताउनुभयो । भोलिदेखि लगातार झरी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया