एमाले विवाद सहमति नजिक, भाेलि अन्तिम रूप दिइने तयारी

 असार २५, २०७८ शुक्रबार २०:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकाे पार्टीभित्रकाे विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेकाे बताएको छ । गएकाे केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।

कार्यदलको बैठक शुक्रवार दिनभरि अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने ज्ञवालीले बताउनुभयो । 

गएकाे जेठ २ गते गठन भएको कार्यदलले गएको सोमवारदेखि छलफल सुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया