आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

 असार २६, २०७८ शनिबार ७:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । 

क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आएको थियो । यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यही असार १७ देखि आन्तरिक उडान सुरु भएको थियो । यस्तै अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ । क्यानका प्रवक्ता क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ वटा उडान गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prabin bhandari

    July 10, 2021, 12:35 p.m.

    उडान पुर्ण रुप मा सुचारु गरेपनि कालो बजारीकरण छुट्ने होइन होला सायद भाडामा १००% वृद्धि छ कसैको चासो छैन सहजता अनुसार भाडा निर्धारण गर्नु पर्नेहो सबैको चासो जाओस

  •  0 Reply

तपाईको प्रतिक्रिया