प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

 असार २६, २०७८ शनिबार ८:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी/पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।

बाढी/ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी/पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया