फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - चीनले जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो ।
लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा भने रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञहरूका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो । तर त्यस बेला चीनले असहमति राखेको थियो । चीनले पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो ।
जायन्ट पान्डा संरक्षणको सफलता मुख्य गरी बाँसका जङ्गलहरू बढाउने कामबाट हासिल भएको चीनको जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले बताउनुभएको बीबीसीले जनाएको छ । बाँसले पान्डाको खानपानको ९९ प्रतिशत ओगट्ने विज्ञको भनाइ छ । चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।