बाढी/पहिरोले गरेको क्षतिकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

 असार २६, २०७८ शनिबार ११:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली बाढी/पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो । 

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

यस वर्ष सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल लगायत अरु ७ जिल्लामा घर क्षति भएका परिवारलाई राहत स्वरुप पहिलो किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ अस्थायी घर बनाउन रकम निकासा भएको छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी/पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो । 

सिन्धुपाल्चोकसहित यसवर्ष दाङ, प्युठान, दैलेख, बाजुरा, लमजुङ, अर्घाखाँची र हुम्लामा गरी ५ सय ७३ परिवारको घर क्षति भएको छ । पीडितलाई अस्थायी आवास बनाउन २ करोड, ८६ लाख रुपैयाँ पठाएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै अघिल्लो वर्षको बाढी/पहिरोबाट घरबारविहीन २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन झण्डै ३० करोड रुपैयाँ पठाएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया