नेपाल आउने १५ लाख डोज खोप अमेरिकाबाट छुट्यो, सोमवार आइपुग्ने

 असार २६, २०७८ शनिबार १६:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सोमवार बिहान खोप काठमाण्डौ आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरेको छ । यो खोप एक डोज लगाए पुग्छ ।

अमेरिकाले कम विकसित र विकासशील देशलाई दिने प्रतिबद्धता जनाएको आठ करोड डोज खोप अन्तर्गत ५० लाख डोज खोप तीन वटा देशका लागि पठाएको राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाका वैज्ञानिक कानुनी र नियामक निकायका प्राविधिकले नेपाल र भुटानमा खोपको प्रभावकारी वितरणका लागि मिलेर काम गरेको पनि खबरमा उल्लेख छ । अमेरिकाले चीनको प्रभावमा रहेका देशमा खोप कुटनीति गरिरहेको आरोप लाग्ने गरेको छ । तर ह्वाइट हाउस प्रशासनले भने महामारीको अन्त्य र मानवीय सहयोगका लागि खोप वितरण गरिरहेको जनाएको छ ।  

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया