सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गर्नुभएको छ । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौँ । किनभने दुई÷चार वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।
उहाँले अहिले बगरको रूपमा परिणत भएको ठाउँलाई आउँदा दिनमा बागबानी, बगैँचा, खेती, मत्स्यपालन आदि क्षेत्रमा विकास गर्न सकिने धारणासमेत राख्नुभयो ।
प्रधानमन्त्रीले ओलीले तीन सय ६६ घरका लागि १५ बन्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले तत्काल अस्थायी बसोवासमा सहयोग गर्ने र त्योसँगै ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।
तस्बिरहरू : प्रधानमन्त्रीकाे निजी सचिवालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।