चितुवाले ११ वटा भेडा मार्यो, रित्तियो गोठ

 असार २७, २०७८ आइतबार ८:३६:१९ | रासस
unn.prixa.net

नवलपरासी - जङ्गलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासीको मध्यबिन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ । मध्यबिन्दु–१ अभियनकी  मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका बताउनुभयो । चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा हुनुहुन्छ । त्यहाँका गणेश महतोले चितुवाको आक्रमणबाट  दुई लाखभन्दा बढीको क्षति भएको बताउनुभयो ।

कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया