माओवादी केन्द्र वैध रहेको आयोगको निर्णय, पूर्वमाओवादी नेताहरूले दिएको निवेदन खारेज

 असार २७, २०७८ आइतबार १६:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । 

आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   

पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले गएको बुधवार आयोगमा निवेदन दिनुभएको थियो । निवेदनको सुनुवाइबारे बुझ्न नेताहरू आयोगमा पुगेका थिए ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया