सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

 असार २८, २०७८ सोमबार १५:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’ 

साथै प्रवक्ता श्रेष्ठले अदालतकाे निर्णयकाे आफूहरूले स्वागत गर्ने पनि बताउनुभएकाे छ । ‘यसको हामी स्वागत गर्दछौँ । प्रतिगमनकोविरुद्ध सङ्घर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु’, उहाँले लेख्नुभएकाे छ ।   

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया