एसियाली खेलकुद : भलिबलमा नेपालले मङ्गोलियालाई हरायो

 भदौ १२, २०७५ मंगलबार १६:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियामा जारी १८ आैँ एसियाली खेलकुद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । 

इण्डोनेसियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एसियाड भलिबलमा यो पहिलो जित हो । 

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्‍यो । 

नेपालले १३ औँ देखि १८औँ वरीयताको लागि खेलेको हो । यो वरीयताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया