शीतल निवास देउवाको पर्खाइमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान

 असार २९, २०७८ मंगलबार १८:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहाेरा नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । अहिले बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ बसेको शीतल निवास देउवा नगएपछि अन्योलमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरि सर्वोच्चको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गरिएको ब्यहाेरा उल्लेख गर्नुभएको थियो । तर राष्ट्रपतिले पूर्वाग्रह राखेर संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

राष्ट्रपति भण्डारीले देउवालाई संविधानअनुसार नियुक्त भएको उल्लेख गर्नुभएको छैन । देउवालाई सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • रबिन्द्र कडेल

    July 13, 2021, 8:18 p.m.

    हैन यो आईमाईले माहाअभियोग खोजेकै हो के त?

  •  0 Reply
  • Bikuram aida

    July 13, 2021, 8:14 p.m.

    सही त हो नि ...संविधान अनुसार उम्मेदवारी दिएको भए पो .....

  •  0 Reply
  • Gutur

    July 13, 2021, 7:28 p.m.

    एउटा अह‌कारी गयो, ... अर्को हठी आयो ! म्याम लाई सकसै पार्ने भए बुढाले !!

  •  0 Reply
  • aarshav

    July 13, 2021, 7:05 p.m.

    भएकै त्यहि हो त अनि। अदालतले तोकिदिएको हो त । अदालतले कुन धारा भन्ने तोकेको छैन त राष्ट्रपतिले कसरी तोक्नु।

  •  0 Reply

तपाईको प्रतिक्रिया