दाङमा आजदेखि टिपरका लागि टाइम कार्ड लागू

 असार ३०, २०७८ बुधबार ११:११:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा आजदेखि टिपरका लागि समय तालिका अर्थात् टाइम कार्ड लागू गरिएको छ । बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म टिपर चल्न पाउने छैनन्।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नियम विपरीत भारवहनको दोब्बर बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेकाले समय तालिका अनुसार टिपर सञ्चालन गर्न लगाउने निर्णय भएको हो ।

टिपर व्यवसायी, उद्योगी व्यवसायी, घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका समेतको समन्वयमा समय कार्ड लागू भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । बैठकमा बढी भार बोक्ने टिपरको ढाला काट्ने तथा घोराही र बङ्गलाचुलीले एक–एक वटा धर्मकाँटा निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय समेत भएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया