विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

 असार ३०, २०७८ बुधबार ११:३९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित हुनुभएको छ । उहाँ आज विशेष अदालतमा उपस्थित हुनुभएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उहाँसँगै १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गच्छदारविरुद्ध पछिल्लो पटक जारी गरेको ३० दिनको म्याद सकिएको थियो । गच्छदार अदालतमा हाजिर भएपछि अब थुनछेकको प्रक्रिया अघि बढ्नेछ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया