चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

 असार ३०, २०७८ बुधबार १४:२६:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा न्युज/ट्विटर

काठमाण्डाै – चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । भवन भत्किँदा अन्य ६ जना घाइते भएका छन् ।

शङ्घाईको नजिकको सहर सुजुमा रहेको एउटा होटल भत्किएको ३६ घण्टापछि उद्धार गरिएकोमा १७ जनाको ज्यान गइसकेको र ६ जना जीवितै रहेका बीबीसीले जनाएको छ । जीवित भेटिएका ६ जनामध्ये पाँच जना घाइते रहेका र एक जनालाई कुनै चोट पटक नलागेको बताइएको छ ।

भवनको निर्माणमै कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सुरुमा तीन तला रहेको भवनमा पछिल्ला दिनमा तला थप्दै लगेको स्थानीयवासीले बताएका छन् ।

५४ वटा कोठा भएको भवनमा १८ जना रहेका विवरण प्राप्त भएकोमा थप पाँच जना पाहुना विना दर्ता बसेको पाइएको बीबीसीले जनाएको छ ।  

यो घटना सोमवार स्थानीय समयअनुसार दिउँसो साढे तीन बजेतिर भएको थियो । 

चीनमा यसअघि पनि यस्ता घटना भएका छन् जसमा खराब निर्माण कार्यलाई दाेष दिइने गरिएकाे छ । 

गएकाे वर्ष फुजिआन प्रान्तमा एउटा होटेल भत्किँदा २९ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया