जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्...
पुस ८, २०८१ सोमबार
दाङ – दाङमा रेड पाण्डाको छाला र काइनेटिक टल्लने ढुङ्गासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १६ गरुवामा रेड पाण्डाको छाला बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाँजरकोट जुनीचाँदी गाउँपालिका ७ का ४८ वर्षीय डिलबहादुर रावतलाई बुधवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म दुई फीट १० इन्च लम्बाइकाे नङ्ग्रासहितकाे रेड पाण्डाको छाला एक थान, काइनेटिक टल्लने ढुङ्गा सानो ठूला गरी ३२ थान, मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।