प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वरमा

 असार ३०, २०७८ बुधबार १७:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्द देउवालाई बहुमत पुगेको छ । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।  

एमालेकाे नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nabin

    July 14, 2021, 5:59 p.m.

    राता रात भाषा परिवर्तन ओलि हुदा आए,गए देउवा ..आउनुभयो जानुभयो वा वा पत्रकारिता

  •  0 Reply

तपाईको प्रतिक्रिया