प्रधानमन्त्री देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने

 असार ३१, २०७८ बिहिबार ११:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार सरकारी निवास बालुवाटार सर्नु हुने भएको छ । गएकाे मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उहाँ भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लाग्नु भएको हो । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएकाे सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवा आज पनि छलफल र भेटघाटमा व्यस्त हुनुहुन्छ । 

एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग नपाए देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ । हिजो उहाँले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया