देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

 साउन १, २०७८ शुक्रबार १४:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।

बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताउनुभयो । साथै उहाँले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्ने/नगर्ने निर्णय व्यक्तिगत हुने समेत बताउनुभयो । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

साथै अध्यक्ष ओली र नेता नेपाल समूहबाट पाँच/पाँच जना सदस्य रहने गरी गठन भएको कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gojul

    July 16, 2021, 7:21 p.m.

    सही निर्णय

  •  0 Reply

तपाईको प्रतिक्रिया