रेलको छत काटेर चोरी भएको थियो करौडौँ, नासाको तस्बिरले चोरको पहिचान भयो

 भदौ १२, २०७५ मंगलबार २०:१६:२५ | एजेन्सी

तमिलनाडु प्रहरीले सलेम–चेन्नई एक्सप्रेसमा भएको ५ करोड ७८ लाख रुपैयाँ लुटिएको घटनाको अनुसन्धान दुई वर्षपछि पूरा गरेको छ । प्रहरीले नासाको स्याटेलाइट तस्बिरको माध्यमले लुटेराहरुका बारेमा पत्ता लगाएको हो । अनुसन्धानमा लुटेरा बिहार र मध्यप्रदेशका भएको खुलेको छ ।

संदिग्धसँग सोधपुछ भैरहेको छ भने प्रहरी मध्यप्रदेश पुगिसकेको छ । लुट प्रकरणमा ११ जना संल्गन भएको शंका गरिएको छ । उत्तर भारतमा आपराधिक क्रियाकलापमा संलग्न समूहको नै घटनामा हात भएको देखिएको छ ।

दुई वर्षअघि त्यो रेल सलेम र वृंदाचलम स्टेसनको बीचमा सिग्नलका लागि रोकिएको बेला लुटेराहरुले रेलको छत काटेर रिजर्भ बैंक अफ् इन्डिया(आरबीआई)को ५ करोड ७८ लाख भारतीय रुपैयाँ लुटेका थिए । 

८ अगस्ट, २०१६ मा आरबीआईले सलेमबाट ३४२ करोड चेन्नई पठाएको थियो ।

लुटेराले रेलको कोचमा छिर्नका लागि छत काटे । उनीहरुले रेलबाट ५ करोड ७८ लाख रुपैयाँ लुटे । सबै पैसा जम्मा २२६ वटा काठका बाकसमा राखिएको थियो । सबै बाकस चोरी गर्न असम्भव भएकाले उनीहरुले थौरै रकम लुटेको अनुसन्धानमा खुल्न आएको छ ।

रेलबाट पैसा चोरी भएको घटना आरबीआई तथा रेल कर्मचारीले ७ घण्टापछि मात्रै थाहा पाए । 

अनुसन्धानमा खटिएको सीआईडीको टोलीले झण्डै २ हजार मानिससँग सोधपुछ गरेको थियो । जसमा रेलकर्मचारी, प्रहरी, क्याटरिङका कर्मचारी तथा निजी कुरियर कम्पनीका कर्मचारी पनि थिए । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया