डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ : मन्त्री भुसाल

 साउन १, २०७८ शुक्रबार १९:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जल–ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको  छ  ।

विद्युत् विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जल र ऊर्जा भएको बताउनुभयो । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीयवासी नागरिकले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन पनि आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रूपमा मात्रै नभएर आफ्नै देशको स्राेतबाट उत्पादन भएको ऊर्जालाई सम्पूर्ण ऊर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ ।’ 

यो क्षेत्र अरू क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै उहाँले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गर्नुभएको छ । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी भएकाे बताउनुभयो । साना उद्यमीहरूलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ–के अप्ठ्यारा छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो ।   

‘लोडशेडिङ चीनका लागि मात्रै हटेको हो’, आचार्यले भन्नुभयो, ‘कृषिमा हुने विद्युत् खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ ।’ अध्यक्ष आचार्यले नेपाल अहिले पाँच प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय ऊर्जामा रहेको बताउनुभयो ।

त्यस्तै ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्रालयबाट ऊर्जासम्बन्धी काममा त्यति ढिलाइ नभएको बताउनुभयाे । निजी क्षेत्रलाई कसरी प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो । 

विद्युत् विकास विभागले लाइसेन्स बाँड्ने काम गरेको बताए पनि त्यसो नभएको उपाध्यायको भनाइ छ ।   

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया